FAQs Complain Problems

वडा नं. ५ सानोदुम्मा

      सानोदुम्मा

संघीय संरचना अनुसार भोजपुर जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकाका ६ वटा वडा कार्यालयहरुमध्ये सानोदुम्मा एक  हो। यस वडाको उत्तरमा अरुण गाउँपालिकाको सिक्रेटार, दक्षिणमा यसै गाउँपालिकाको वडा नं. ६ ठुलोदुम्मा , पूर्वमा धनकुटाको पाख्रिबास नगरपालिका र पश्चिममा यसै गाउँपालिकाको वडा नं. ४ बास्तिम रहेको छ । पर्यटकीय स्थलको रुपमा गडिडाँडा  रहेको छ। यस डाँडाबाट सिमाना भएर बग्ने अरुण नदीको मनमोहक दृश्य, धनकुटा र संखुवासभाका बिभिन्न ठाँउहरु सहित हिमालको मनमोहक दृश्य देख्न सकिन्छ। पवित्र धार्मिक स्थल सन्तानेश्वर महादेव पनि यसै वडामा पर्दछ। सन्तान नभएका दम्पतिहरुले यस मन्दिरमा आएर दर्शन गर्दा सन्तान प्राप्ति हुने बिश्वासले भक्तजनहरुको भिड लाग्ने गर्दछ। अन्तराष्ट्रिय अल्ट्रा धाविका मिरा राईको जन्मस्थलको रुपमा परिचित यस वडामा १  मा.वि, १ आ.वि. र ४ प्रा.वि. गरी ६ वटा विद्यालयहरु र १ स्वास्थ्य चौकी रहेका छन्। राई जातीहरुको बाहुल्यता रहेको यस वडामा बाहुन,क्षेत्री, तामाङ, कामी,दमाई,सार्की आदी जातका मानिसहरुको बसोबास रहेको छ।यहाँका मानिसहरुको मुख्य पेशा कृषि  हो। यहाँका अधिकांश मानिसहरु दुङमाली भाषा बोल्ने गर्दछन

जनसंख्याः २३६४

क्षेत्रफलः २१.८८ वर्ग कि.मि.

वडाध्यक्षः बोम प्रसाद राई

९८४२१५७०२७

वडा सचिब:राजेन्द्र बहादुर सिंह

९८४४८७०४३४

 

Ward Contact Number: 
९८१५३१७६५७

वडा पदाधिकारी

वडा अध्यक्ष

पूर्व वडासचिव

पूर्व वडाध्यक्ष