समाचार
ग्यालरी
पौवादुङमा गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका निमित्त पौवादुङमा गाउँपालिका कृषि इकाईद्वारा व्यवसायीक कृषि गर्न चाहनुहुने कृषकहरूका निमित्त मिति २०७७/११/२७ गतेदेखि आयोजित ३ दिने व्यवसायीक किवी खेति सम्बन्धी तालिम आज सम्पन्न भएको व्यहोरा अनुरोध छ। पौवादुङमा गाउँपालिकाका वडा नं १ र २ लाई लक्षित गरि तालिम आयोजना गरिएको थियो। तालिमको समापनको क्रममा कृषकहरूलाई सिकेचर समेत प्रदान गरियो। तालिमका प्रशिक्षक श्री गोपाल खतिवडा ज्यू लाई विशेष धन्यवाद।
पौवादुङमा गाउँपालिका भरीका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, रोकथाम तथा पुनरस्थार्पनाका निमित्त गाउँपालिकाद्वरा मिति २०७७/११/२४ गतेदेखि आयोजित अपाङ्गता भएका व्यक्तिहरूको लागि विशेषज्ञ चिकित्सकद्वारा प्रारम्भिक स्वास्थ्य जाँच तथा परिचयपत्र वितरण शिविरको आज पौवादुङमा गाउँपालिका वडा नं १ मा कार्यक्रम आयोजना गरि औपचारिक रूपमा समापन भएको व्यहोरा अनुरोध छ। शिविरमा आफ्नो अमूल्य समय तथा सहयोग प्रदान गर्नुभएकोमा डा. श्री ललित कार्की, डा.
- 1 of 8
- next ›