FAQs Complain Problems

ग्यालरी

पौवादुङमा गाउँपालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका निमित्त पौवादुङमा गाउँपालिका कृषि इकाईद्वारा व्यवसायीक कृषि गर्न चाहनुहुने कृषकहरूका निमित्त मिति २०७७/११/२७ गतेदेखि आयोजित ३ दिने व्यवसायीक किवी खेति सम्बन्धी तालिम आज सम्पन्न भएको व्यहोरा अनुरोध छ। पौवादुङमा गाउँपालिकाका वडा नं १ र २ लाई लक्षित गरि तालिम आयोजना गरिएको थियो। तालिमको समापनको क्रममा कृषकहरूलाई सिकेचर समेत प्रदान गरियो। तालिमका प्रशिक्षक श्री गोपाल खतिवडा ज्यू लाई विशेष धन्यवाद।

मिति: 03/13/2021 - 20:21
, , , , , , , ,

पौवादुङमा गाउँपालिका भरीका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, रोकथाम तथा पुनरस्थार्पनाका निमित्त गाउँपालिकाद्वरा मिति २०७७/११/२४ गतेदेखि आयोजित अपाङ्गता भएका व्यक्तिहरूको लागि विशेषज्ञ चिकित्सकद्वारा प्रारम्भिक स्वास्थ्य जाँच तथा परिचयपत्र वितरण शिविरको आज पौवादुङमा गाउँपालिका वडा नं १ मा कार्यक्रम आयोजना गरि औपचारिक रूपमा समापन भएको व्यहोरा अनुरोध छ। शिविरमा आफ्नो अमूल्य समय तथा सहयोग प्रदान गर्नुभएकोमा डा. श्री ललित कार्की, डा.

मिति: 03/13/2021 - 20:13
, , , , , , , , , , , ,

भावि भविष्यमा दक्ष खेलाडि उत्पादन गर्नका निमित्त पौवादुङमा गाउँपालिकाले १०-१५ वर्षका गाउँपालिका भित्रका बालबालिकाहरुलाई यस वर्ष ब्याडमिन्टन प्रशिक्षण दिईरहेको छ। आज मित २०७७/११/०६ गते प्रशिक्षण कार्यक्रमको औपचारीक उद्घाटन गरिएको छ। प्रशिक्षण सत्रका खेलाडि भाईबहिनीहरुलाई उज्वल भविष्यको शुभकामना ।

पौवादुङमा गाउँपालिका परिवार, च्याङ्ग्रे, भोजपुर

मिति: 02/18/2021 - 10:11
, , , , , , ,